काठमाडौँमा पछिल्लो २४ घण्टामा थप ११९ जनामा कोरोना संक्रमण

काठमाडौँ- काठमाडौँ उपत्यकामा थप १ सय १९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले मन्त्रालयको नियमित लाइभ अपडेटमा पछिल्लो २४ घण्टामा थप ११९ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरे ।

संक्रमित हुनेहरुमा काठमाडौँका ८३ जना, ललितपुरका ३० जना र भक्तपुरका ६ जनामा छन । शुक्रबार देशभरमा ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सँगै कोरोना संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ ।