कोरोना संक्रमणका कारण थप ११ जनाको मृत्यु

काठमाडौँ – कोरोना भाइरसका कारण नेपालमा मंगलबार थप ११ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार महोत्तरीकी ४ वर्षीय एक बालिका र ३७ वर्षीय एक पुरुष, सिरहाका ६५ वर्षीय एक पुरुष, पर्साका ५३, ८० र ६० वर्षीय तीन पुरुष, बाराका ६० वर्षीय एक पुरुष, चितवनका ५२ वर्षीय एक पुरुष, काठमाडौका ७० र ३५ वर्षीय दुई पुरुष, मकवानपुरका ५८ वर्षीय एक पुरुषको निधन भएको छ ।

यो सँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २३९ पुगेको छ ।