डा. भोला रिजाल दम्पतीलाई कोरोना संक्रमण

काठमाडौँ –वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर भोला रिजाल दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको छ । रिजालसँगै उहाँकी धर्मपत्नी सरला घिमिरेमा पनि कोरोना पुष्टि भएको हो ।

शनिवार कोरोना पुष्टि भएपछि आइतवारदेखि रिजाल दम्पती ह्याम्स अस्पतालमा भर्ना भएका छन । अस्पतालमा भर्ना भएपछि हाल कोरोनाको लक्षण नदेखिएको र स्वास्थ्य अवस्था सामान्य नै रहेको डा. रिजालले जानकारी दिए।