काठमाडौँका मेयर विद्यासुन्दर शाक्यमा कोरोना संक्रमण

काठमाडौँ – काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना भारइस संक्रमण भएको छ। मेयर शाक्यले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

दुई दिनअघि स्वाब दिएकामा सोमबार कोरोना रिपोर्ट पोजेटिभ आएको उनले बताए । आफूमा कोरोनाको लक्षण नदेखिए पनि रिपोर्ट भने पोजेटिभ आएको मेयर शाक्यले जानकारी दिए ।

उनी होम आइसोलेशनमा बसेका छन ।