TIA मा अनलाइन कक्षाः एक अनुभव

काठमाडौँको बुढानीलकण्ठ नगरपालिका – ७, हात्तीगौँडामा मा अवस्थित ठुङरम इन्टरनेशनल एकेडेमी (TIA) ले कोभिड – १९ को विश्वव्यापी महामारीको विषम अवस्थामा online कक्षा सञ्चालन गरी विद्यार्थीको पठनपाठन कार्यलाई शैक्षिक सत्रको शुरुवातदेखि नै निरन्तरता दिएको छ ।

२१ औँ शताब्दीमा विकसित भएको प्रविधिको उपयोग गर्दै L.K.G देखि कक्षा १० सम्मका विद्यार्थीलाई Online मा जोडेर पठनपाठन कार्य गरिरहेको छ । कोभिड – १९ को महामारीका कारण लकडाउन शुरु भएदेखि नै विद्यार्थीहरुलाईे वैकल्पिक माध्यमबाट शिक्षा दिनु पर्छ भन्ने निष्कर्ष निकाली त्यसका लागि वैशाख ११ गतेबाट शिक्षकहरुलाई ८ दिनसम्म आवश्यक तालिम दिई वैशाख २१ गतेबाट अभिभावकहरुसँग परामर्श गरी विधिवत रुपमा Online कक्षा सञ्चालन भएका छन् । जसमा ७०० विद्यार्थी जोडिएका छन् ।

करिब एक डेढ महिनादेखि घरमा अध्ययनको पहुँचभन्दा बाहिर बसेका विद्यार्थीहरुलाई विद्यालयले  Online मा जोडेपछि अभिभावकहरु पनि खुशी भएका छन् । विद्यार्थीहरु विद्यालयको कक्षाकोठाभन्दा टाढा घरमा भएकाले अभिभावकको अभिभावकीय भूमिका बढी हुँदो रहेछ ।

यसमा अभिभावकहरुको साथ र सहयोग पूर्ण रुपमा प्राप्त भएको छ । Online कक्षामा प्रत्यक्ष रुपमा कक्षाकोठामा गएर विद्यार्थीलाई पढाए जस्तो सहज अवस्था नभए पनि हाम्रा शिक्षकवर्गले योजनाबद्ध तरिकाले पूर्व तयारीका साथ अत्यन्तै प्रभावकारी रुपमा विद्यार्थीलाई पठनपाठन गराएका छन् ।

यसरी हाम्रा शिक्षकवर्गको अथक परिश्रम, मिहिनेत, अभिभावकहरुको सकारात्मक सहयोग एवं विद्यार्थीहरुको उल्लेख्य सहभागिताले हामीलाई उत्साहित बनाएको छ । त्यसैले आगामी दिनमा हामी यसलाई अझ प्रभावकारी ढङ्गले सञ्चालन गर्दै लैजाने छौँ ।
L.K.G का चारवर्ष देखिका बालबालिकालाई Online कक्षामा राखेर पढाउनु चानचुने कुरा थिएन तर TIA स्कुलले आधुनिक प्रविधिलाई उपयोग गर्दै यसलाई सम्भव बनाएको छ । यसमा शिक्षक, अभिभावक सबैको सहयोग प्रशंसनीय रहेको छ । TIAले कक्षा L.K.G. र U.K.G.लाई दैनिक ४० मिनेटको (२) /(२) ओटा Period, त्यस्तै कक्षा एकदेखि कक्षा पाँच सम्म चार (४) Period र कक्षा ६ देखि १० सम्म दैनिक (६) Period गरी पूर्ण क्षमतामा कक्षाहरु चलाएको छ ।

यसरी सञ्चालन भएका online कक्षाहरुमा पाठ्यक्रमले तोकेअनुसारको मुख्य विषयलाई पठनपाठनमा समेटिएको छ । हाम्रो उदेश्य कुनै पनि हालतमा विद्यार्थीको यो शैक्षिक सत्र नगुमोस् भन्ने नै हो ।

TIA स्कुलले Google Suite for Education जस्तो आधुनिक नया प्रविधिको उपयोग गरी online कक्षाहरु सञ्चालन गरेको छ । यो प्रविधिबाट पठनपाठन गराउँदै विद्यार्थीलाई गृहकार्य दिने त्यसलाई शिक्षकले चेक गर्ने, चेक गरिएका गृहकार्यका कपि फर्काउने तथा कक्षा परीक्षा, एकाइ परीक्षाजस्ता अध्यापन सँगसँगै आउने नियमित मूल्याङ्कनका पद्धतिहरुलाई उत्तिकै सफल रुपमा प्रयोग गरेको छ ।

अब प्रथम त्रैमासिक परीक्षा पनि अनलाइनबाटै सम्पन्न गरी ग्रेडसीट पनि अनलाइनकै माध्यमबाट अभिभावक समक्ष पु-याउने कार्यक्रम रहेको छ । यसको पनि तयारी भइरहेको छ । यसरी पढाइका साथसाथै विद्यार्थी मूल्याङकनको प्रणालीलाई पाठ्यक्रमले तोके बमोजिम प्रयोग गर्दै लगिएको छ ।

यसबाट सिकाइ क्रियाकलाप प्रभावकारी बनेका छन् । यसरी TIA स्कुलकोे पच्चिस वर्षको लामो इतिहासको कालखण्डमा समय समयमा आइपर्ने यस्ता प्राकृतिक विपत्ति, सामाजिक रुपमा आइपर्ने विषम परिस्थिति जस्ता प्रतिकूलतालाई अनुकूलतामा रुपान्तरण गर्दै हाम्रा बालबालिकाको शैक्षिक गतिविधिलाई निरन्तरता दिन हामी सफल भएका छौँ । । यसमा विद्यालयसँग सम्बन्धित सबै निकायको सहयोग सह्राहनीय रहेको छ ।
-लेखक TIA का Vice-principal हनुहुन्छ ।