थप ६८१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित २८ हजार ९३८ पुगे

काठमाडौँ – नेपालमा आज थप ६८१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित लाइभ अपडेटमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप ६८१ जनामा कोरोनाको संक्रमण देखिएको जानकारी दिए ।

योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या २८ हजार ९३८ पुगेको छ । प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घन्टामा १२० जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या १७ हजार ७०० पुगेको छ ।

त्यस्तै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १२० पुगेको छ ।