काठमाडौँमा थपिए १५९ जना कोरोना संक्रमित

काठमाडौँ – काठमाडौं उपत्यकामा १५९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनंख्या मन्त्रालयको नियमित लाइभ अपडेटमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५९ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए ।

उनका अनुसार काठमाडौंमा १३४, भक्तपुरमा ८ र ललितपुरमा १७ जना नयाँ संक्रमित थपिएका हुन् । त्यस्तै देशभर पछिल्लो २४ घण्टामा ६८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ ।