बलिउड नायिका ऐश्वर्या र उनकी छोरीमा पनि कोरोना संक्रमण पुष्टि, जया बच्चनमा भने रिपोर्ट नेगेटिभ

काठमाडौँ – बलिउडकी चर्चित नायिका ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या बच्चनमा पनि कोरोना पुष्टि भएको छ । अमिताभ बच्चन र अभिषेक बच्चनको कोरोना रिपोर्ट पोजेभिट आएपछि घरका सबै सदस्यको परिक्षण गरिएको थियो ।

पहिलो पटक गरिएको परिक्षणमा अमिताभ पत्नी जया बच्चन, अभिषेक पत्नी ऐश्वर्या र छोरी आराध्याको रिपोर्ट नेगेटिभ आएको थियो । दोस्रो परिक्षणमा भने ऐश्वर्या र आराध्याको रिपोर्ट पोजेटिभ आएको हो । कोरोना पुष्टि भएपछि ऐश्वर्या र आराध्या नानावती अस्पताल भर्ना भएका छन् ।

महाराष्ट्रको स्वास्थ्य मन्त्री राजेश टोपेले ट्विट गर्दै ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या बच्चनको कोरोना रिपोर्ट पोजेटिभ आएको र जय बच्चनको रिपोर्ट भने नेगेटिभ आएको जनाएका छन् ।

यसैबीच, आइतवार कोलकाताको श्याम बजारका मानिसहरुले अमिताभ बच्चनको स्वास्थ्य लाभको कामना गर्दै पूजाआजा र यज्ञ गरेका छन् ।