एन्फा साधारणसभा अनिश्चितकालका लागि स्थगित

काठमाडौँ – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को १९औँ साधारणसभा अब अनिश्चितकालका लागि स्थगित भएको छ । भदौ १५ गते गर्ने भनिएको साधारणसभा कोरोना भाइरसको महामारी दैनिक बढ्दै गएको भन्दै स्थगि गरिएको हो ।

कोरोना भाइरसका कारण एन्फाको साधारणसभा दोस्रो पटक स्थगित गरिएको हो । एन्फा प्रवक्ता किरण राईले एक प्रेस विज्ञप्ति जारी गर्दै साधारणसभा अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको जनाउनुभयो ।

यसअघि एन्फाले गत चैतमा साधारणसभा स्थगित गरेको थियो । सरकारले कोरोना संक्रमण बढ्दै गएकाले रोकथाम, नियन्त्रण र व्यवस्थापन गर्नका लागि गोष्ठी, भेला र सम्मेलन गर्न निषेध गरेकाले साधारणसभा स्थगित गर्नुपरेको एन्फाले जनाएको छ ।