थप ४१८ जनामा कोरोना भाइरस संक्रमण

काठमाडौँ – नेपालमा आज थप ४१८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप ४१८ जनामा कोरोनाको संक्रमण देखिएको जानकारी दिनुभयो ।

योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या २० हजार ७५० पुगेको छ । त्यस्तै नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या १४ हजार ९६१ पुगेको छ । पछिल्लो २४ घन्टामा ३५८ जना डिस्चार्ज भएका छन् ।