काठमाडौँमा थप ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ – काठमाडौं उपत्यकामा ५१ जनामा कोरोना भाइरस९९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ४३ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै ललितपुरमा ३ र भक्तपुरमा ५ जनामा कोरोना संक्रमण पुष्टि स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि मंगलबार ५३, बुधबार १५, बिहिबार ४५, शुक्रबार ३८ जना र हिजो ३१ जना कोरोना सङ्क्रमित थपिएका थिए ।

काठमाडौंमा कोरोना सङ्क्रमितको संख्यामा निरन्तर वृद्धि हुँदै गएपछि गृह मन्त्रालयले साँझ ७ बजेदेखि बिहान सात बजेसम्म उपत्यका प्रवेशमा रोक लगाएको छ ।