सिरी ए फुटबलको उपाधि युभेन्टसले जित्यो

एजेन्सी – यस सिजनको सिरि ए फुटबलको उपाधि यभेन्टसले जितेको छ । आईतबार राति साम्पोडियालाई २–० गोल अन्तरले हराउँदै युभेन्ट्सले लगातार नवौं पटक सिरि ए को उपाधि जीतेको हो ।

घरेलु मैदानमा युभेन्ट्सलाई जीत दिलाउन क्रिस्टियानो रोनाल्डो र फेडेरिको बर्नार्डेस्कीले एक एक गोल गरे । पहिलो हाफको अन्तिम मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अघि बढाएका थिए ।

६७औं मिनेटमा बर्नार्डेस्कीले घरेलु क्लबका लागि दोस्रो गोल गर्दै टोलीको जीत सुनिश्चित गरेका थिए । खेल सकिन एक मिनेट अघि युभेन्ट्सले पेनाल्टीको अवसर पाएको थियो । तर, रोनाल्डो पेनाल्टीमा गोल गर्न असफल रहे ।