ईंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीसँग पराजित बर्नेमाउथ रेलिगेशनको जोखिममा

एजेन्सी – ईग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले बर्नेमाउथलाई हराएको छ । हारसँगै ३१ अंकमा सीमित बर्नेमाउथ रेलिगेसनको जोखिममा पुगेको छ ।

बुधबार राति भएको खेलमा सिटीले बर्नेमाउथलाई २–१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन डेभिड सिल्भा र ग्राबियल जिससले १÷१ गोल गरे । बर्नेमाउथका डेभिड ब्रुक्सले एक गोल फर्काए ।

खेलको छैटौं मिनेटमा सिल्भाले फ्रिकिकबाट गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ३९ औं मिनेटमा जिससले गोल गर्दा पहिलो हाफमा सिटी २–० ले अघि रह्यो । खेलको ८८ औं मिनेटमा बर्नेमाउथका डेभिडले एक गोल फर्काएका थिए । जीतसँगै सिटीले ३६ खेलमा ७५ अंक जोडेको छ ।