टोकियो ओलम्पिक: पौडीमा एलेक्सको नयाँ कीर्तिमान

जापानमा जारी टोकियो ओलम्पिक अन्तर्गत पौडीमा नेपालका एलेक्जेन्डर गाडेगार्ड शाह (एलेक्स) ले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन । उनले पुरुषको १ सय मिटर फ्रीस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।

यसअघिको आफ्नै नामको किर्तिमान तोडेपनि उनले सेमिफाइनलमा भने स्थान बनाउन सकेनन । उनले ५३.४१ सकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएका हुन् । तर पनि एलेक्स हिट चरणबाटै बाहिरिएका छन् ।

कुल ७१ खेलाडीले प्रतिस्पर्धा गरेको हिट एकको स्पर्धामा एलेक्स ५९ औं स्थानमा रहेका थिए । हिट चरणबाट शीर्ष १६ खेलाडीले सेमिफाइनलमा स्थान बनाएका छन् ।

टोकियो ओलम्पिकमा गौरिका सिंहले भने प्रतिस्पर्धा गर्न बाँकी छ । उनले बुधबार प्रतिस्पर्धा गर्दैछिन ।