ईग्लिस प्रिमियर लिगमा साउथह्यामटन पराजित

एजेन्सी –इङलिस प्रिमियर लिगमा टोटनहमले साउथह्यामटनलाई पराजित गरेको छ। आइतबार बेलुका भएको खेलमा टोटनहमले साउथह्यामटनलाई उसकै घरेलु मैदानमा ५ -२ गोल अन्तरले पराजित गरेको हो।

टोटनहमका लागि दक्षिण कोरियाली स्टाइकर सन ह्युग मिनले ह्याट्रिक सहित ४ गोल गरे भने कप्तान ह्यारी केनले१ गोल गरेका हुन्। खेलमा साउथह्यामटनका लागि इङ्सले ३२ ‍औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए।

तर, टोटनहमका लागि सनले खेलको पहिलो हाफको इन्जुरी समयमा, ४७,६४ र ७३ मिनेटमा गरि चार गोल गरे ।

यस्तै ह्यारी केनले ८२ औं मिनेटमा गोल गर्दै टीमलाई ५-१ को अवस्थामा पुर्याए। टोटनहमका खेलाडीले फाउल गरेपछि खेलको अन्तिम मिनेटमा साउथह्यामटनले पेनाल्टी अवसर पाएको थियो। उक्त पेनाल्टीलाई इङ्सले गोल गर्दै खेल ५-२ को अवस्थामा पुर्याएका थिए।