मुख्यमन्त्रीको श्रीमती दाबी गर्ने पेरिसडाँडाबाट पक्राउ

काठमाडौँ – आफूलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकी श्रीमती दाबी गर्दै आएकी बालिका खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंको पेरिसडाँडाबाट खडकालाई नियन्त्रणमा लिएको हो ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक चलिरहँदा पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा प्रवेश गर्न खोजेपछि प्रहरीले खड्कालार्इ नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरका अनुसार खड्काले केही नेताहरुलाई भेट्नुपर्ने भन्दै जबरजस्ती कार्यालयमा छिर्न खोजेपछि नियन्त्रणमा लिइएको हो ।