थप १३० जनामा कोरोना संक्रमण, काठमाडौँमा थपिए ८ जना

काठमाडौँ – नेपालमा आज थप १३० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। जसमा काठमाडौँमा ८ जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित लाइभमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप १३० जनामा कोरोनाको संक्रमण देखिएको जानकारी दिनुभयो।

योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या १८ हजार ६१३ पुगेको छ । नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या १३ हजार १२८ पुगेको छ । पछिल्लो २४ घन्टामा ७५ जना डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ४५ पुगेको छ ।