सुर्खेतको सिद्धपाइला स्कुलले गरिदियो सबै शिक्षक कर्मचारीको कोरोना विमा

काठमाडौँ – सुर्खेतको सिद्वपाइला स्कुलले विद्यालयमा कार्यरत सबै शिक्षक तथा कर्मचारीहरुको कारोना विमा गरिदिएको छ । सिद्वपाइला स्कुलले कोरोना संक्रमण बडिरहेको समयमा विद्यालयमा कार्यरत सबैको कारोना बिमा गरेको हो।

विश्वबजारमा बढ्दो महामारी र नेपालमा कोभिड–१९ को फैलिदो जोखिमका कारण विद्यालका सबै कर्मचारीको जोखिम बहन गर्न बिमा गरिएको विद्यालयका प्निन्सिपल नैन सिंह खत्रीले खुल्लपाटीलाई जानकारी दिनुभयो ।

विद्यालयको विकास र विस्तारका लागि आफ्नो समय खर्चिरहनुभएको सबै कर्मचारीको सुरक्षा विद्यालयको दायित्व भएकोले विद्यालयको सामाजिक उत्तरदायित्व निर्वाह गर्न बिमा गरिएको खत्रीको भनाइ छ ।

वीरेन्द्रनगर नगरपालिका–१०,सुर्खेतमा रहेको सिद्धपाइला विद्यालयमा करिब ५५ जना शिक्षक तथा कर्मचारी कार्यरत रहेको विद्यालय प्रशासनले जनाएको छ । आगामी दिनमा आगामी दिनमा विद्यालयका सम्पूर्ण विद्यार्थीहरुको कोरोना बिमा गर्ने योजना रहेको विद्यालयले छ।