साम्राज्ञी भुवन विवाद : भुवनले हाले अदालतमा मुद्धा

काठमाडौँ – अभिनेता भुवन केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध उजुरी दिएका छन् । जिल्ला अदालत काठमाडौंमा गाली बेइज्जती मुद्दा दर्ता गराएका हुन् ।

अदालतका सूचना अधिकारी ज्ञानबहादुर शाहले साम्राज्ञीविरुद्ध उजुरी परेको बताए । यसअघि अभिनेता भुवन केसीले चलचित्र कलाकार संघमा पनि साम्राज्ञीले आफ्नो चरित्रहत्या गरेको भन्दै उजुरी दिएका थिए ।

यो मुद्दालाई कलाकार संघले नै मिलाउन खोजिरहेका बेला भुवनले अदालतमा उजुरी दिएका हुन् । केही समयअघि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले भुवन केसीलाई इंगित गर्दै ‘ड्रिम्स’ फिल्म शूटिङका क्रममा आफू ‘घिनलाग्दो दुर्व्यवहार’ को शिकार भएको बताएकी थिइन् ।

साम्राज्ञीले आरोप लगाए पनि भुवनले भने बारम्बार आफूले दुर्व्यवहार नगरेको बताउँदै आएका छन् । चलचित्र कलाकार संघमा उजुरी परेपछि कलाकार संघले साम्राज्ञीसँग लिखित जवाफ मागेको थियो ।