थप १३३ जनामा कोरोना संक्रमण, संक्रमित १८ हजार ३ सय ७४ पुगे

काठमाडौैँ – नेपालमा आज थप १३३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप १३३ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिनुभयो ।

संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितहरुको संख्या १८ हजार ३ सय ७४ पुगेको छ । त्यस्तै, नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या १२ हजार ९४७ पुगेको छ । पछिल्लो २४ घन्टामा १०७ जना डिस्चार्ज भएका छन् ।

नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ४४ पुगेको मन्त्रालयले जनाएको छ ।