आज थप ३८० जनामा कोरोना भाइरस संक्रमण

काठमाडौँ –नेपालमा आज थप ३८० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ३८० जनामा कोरोनाको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या २२ हजार ९७२ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४० जना डिस्चार्ज भएका छन् ।

यससँगै नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या १६ हजार ३५३ पुगेको छ । त्यस्तै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ७५ पुगेको छ ।