काठमाडौँमा थपिए ९० जना संक्रमित

काठमाडौँ – काठमाडौंमा थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित लाइभ अपडेटमा मन्त्रालयका प्रवक्क्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो चौबीस घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौँमा ९० र ललितपुरमा दुई जना गरी कुल ९२ जनामा कोरोनाको सङ्क्रमणको पुष्टि भएको हो ।