कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९) बाट नेपालमा आज थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पोखरा एक र वीरगञ्जमा एक गरी दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा कास्की घर भएका ६२ वर्षीय पुरुष र पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका–२, बस्ने १९ वर्षीय महिला रहेको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७५ पुगेको छ ।