खोकनामा स्थानीय र प्रहरीबीच झडप

ललितपुर – ललितपुरको खोकनामा स्थानीय र प्रहरीबीच झडप भएको छ । प्रस्तावित फास्ट ट्रयाकको विरोधमा उत्रिएका स्थानीयले खुदोलमा धान रोपाइँ गर्न जाँदा प्रहरीले अवरोध गरेपछि झडप भएको हो ।

झडपमा ४ जना प्रहरी घाइते भएका छन् । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिनका लागि ७ राउन्ड अश्रु ग्यास समेत प्रहार गरेको छ ।

धिमे र भुस्या बजाउँदै धान रोपाईमा सहभागी भएका उनीहरुले खोकनाको कृषि योग्न जमिन अतिक्रमण गर्न नपाइने भन्दै प्रदर्शन गरेका थिए।