च्छो हिमताल फुट्न सक्ने चेतावनी, स्थानीयलाई सतर्क रहन अनुरोध

काठमाडौँ – अविरल वर्षासँगै चीनको खासा क्षेत्रमा अवस्थित केरुङ च्छो हिमताल भरिएपछि फुट्न सक्‍ने भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले स्थानीयलाई सजग रहन अनुरोध गरेको छ । र फुटे भोटेकोसी क्षेत्रमा पानीको बहाव बढ्ने भन्दै सचेत हुन जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले अनुरोध गरेको छ ।

भोटेकोशी नदीमा बाढीको खतरा रहेको भन्दै नदी किनाराका बासिन्दालाई सचेत रहन जिल्ला प्रशासनले अनुरोध गरेको हो। चिनियाँ पक्षले हिमताल भरिएको र फुट्ने सक्‍ने चेतावनी दिएपछि भोटेकोसीमा जुनसुकै बेला पानीको बहाव अत्याधिक रुपमा बढ्न जाने भन्दै सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले आग्रह गर्नुभयो।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भोटेकोसी किनारका बस्तीका सर्वसाधारणहरुलाई तत्काल उक्त क्षेत्र छाडेर सुरक्षित स्थानमा जाने व्यवस्था मिलाउन जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकलाई अनुरोध गरेको छ ।

ताल फुटे भोटेकोसी किनारमा रहेको भोटेकोसी गाँउपालिका, बाह्रबिसे नगरपालिका लगायतका स्थानीय तहका बस्तीहरु बगाउन सक्‍ने र ठूलो क्षति पुर्‍याउन सक्‍ने सम्भावना देखिएको सिन्धुपाल्चोकले जनाएको छ ।