एन्फाले सार्वजनिक गर्यो नयाँ वेभसाइट

काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा) ले नयाँ वेभसाइट https://the-anfa.com/ सार्वजनिक गरेको छ । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्र गुरुङले एन्फाको नयाँ वेबसाइट सार्वजनिक गर्नुभयो।

एन्फाको यो वेभसाइट लजिस्पार्क टेक्नोलोजीले बनाएको हो । यसमा नयाँ ढाँचा र परिस्कृत रुप दिइएको एन्फाले जनाएको छ । एन्फाको सम्पूर्ण गतिविधि अबदेखि एन्फाको वेभसाइटबाट सार्वजनिक गर्ने एन्फाले जनाएको छ ।

वेभसाइट सार्वजनिक कार्यक्रममा प्रमुख आयुक्त गुरुङले नयाँ वेभसाइट सार्वजनिक गरेकोमा धन्यवाद दिनुभयो । त्यस्तै एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले धेरै विशेषतासहित वेभसाइटबाट सम्पूर्ण सूचना उपलब्ध हुनेहुँदा सबैलाई उपयोगी हुने बताउनुभयो ।

नयाँ वेबसाइट सार्वजनिक गरेकोमा फिफा अध्यक्ष जियानी इन्फान्टिनो र एएफसी अध्यक्ष शेख सलमानले पनि बधाई तथा शुभकामना दिएका छन।