४ जना खेल पत्रकार जनही ५० हजारसहित सम्मानित

काठमाडौँ – ‘युवा तथा खेलकुद पत्रकारिता पुरस्कार’बाट चार जना खेलकुद पत्रकार सम्मानित भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले चार जना खेलकुद पत्रकारलाई जनही ५० हजार रुपैयाँ पुरस्कार सहित सम्मान गरेको हो ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनारले सोमबार उनीहरुलाई सम्मान गरेका हुन् । सम्मानित हुनेहरुमा नेपाल टेलिभिजनकी प्रिया लक्ष्मी कार्की, कान्तिपुर दैनिकका ध्रुव तुलाधर, अन्नपूर्ण पोस्ट दैनिकका रोशन राउत र पोखराका खेल पत्रकार केशव पाठक छन् ।

यसैगरी युवा पत्रकारितातर्फ खगेन्द्र अधिकारी, गीता चिमौरिया, गंगा खड्का, निरक न्यौपाने, रत्ना कुमारी चौधरी र सुष्मा बराइली सम्मानित भएका छन् ।