रेडियन्ट रिडर्सले गर्यो सबै शिक्षक कर्मचारीको कोरोना विमा

ललितपुर – ललितपुरको सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले विद्यालयका सबै शिक्षक/शिक्षिका र कर्मचारीको कोरोना विमा गरिदिएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को विश्वबजारमा बढ्दो महामारी र नेपालमा पनि निरन्तर संक्रमण फैलँदै गएपछि उच्च जोखिम बढेको भन्दै प्रतिकूल परिस्थिति आएमा केही राहत मिल्ने विद्यालयको सामाजिक उत्तरदायित्व अन्तर्गत विमा गरिदिएको विद्यालयका संस्थापक प्राचार्य डिके ढुंगानाले खुल्लापाटीलाई जानकारी दिए । ‘कोभिड–१९ को असर दैनिक बढ्दै गएको परिस्थितिमा हाम्रा शिक्षक, शिक्षिका, कर्मचारीलाई समस्या नआओस् तर जोखिम बढ्दा कथंकदाचित समस्या आए सहयोग पुगोस् भन्ने हेतुले विमा गरिदिएका हौँ ।’ उनले बताए ।

विद्यालयमा सवा सय शिक्षक कर्मचारी रहेको विद्यालयले जनाएको छ ।