कोरोनाका कारण थप एकको मृत्यु, ज्यान गुमाउने ३१ पुगे

काठमाडौँ – नेपालमा विहीबार थप १ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । एक शिशुको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ ।स्वास्थ्य मन्त्रालयलका प्रवक्ता जागेश्वर गौतमका अनुसार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत एक कोरोना संक्रमित शिशुको उपचारका क्रममा मृत्यु भएको हो ।

शिशूको घर म्याग्दी जिल्ला रहेको मन्त्रालयले जानकारी दिएको छ ।