कोरोना भाइरस : ८९ लाख बढी प्रभावित

एजेन्सी – गतवर्ष डिसेम्बरदेखि विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर ८९लाख १४ हजार बढी मानिसहरु प्रभावित भएका छन् । भाइरसका कारण विश्वभर ४ लाख ६६ हजार ७१८ जनाको मृत्यु भएको छ ।

आज बिहान यो समाचार तयार पार्दासम्म विश्वका २१५ मुलुक र २ पानीजहाजमा फैलिएको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ६६ हजार ७१८ जना पुगेको हो ।

संक्रमित ३५ लाख ९ हजार ५२७ जनाको उपचार भइरहेको छ भने ४७ लाख ३८ हजार ५४२ जना उपचारपछि
निको भएका छन् ।