आजदेखि सबै सरकारी कार्यालय खुल्दै

काठमाडौँ – कोरोना भाइरसको संक्रमण फैलन नदिन गत चैत्र ११ गते लकडाउन सुरू भएपछि बन्द भएका सरकारी कार्यालय आजदेखि सञ्चालनमा आउँदैछन् । मन्त्रिपरिषद्को गत बुधबारको बैठकले आजदेखि सबै सरकारी कार्यालयहरु खोल्ने निर्णय गरेको थियो ।

सरकारले पहिलो चरणमा ५०, दोस्रो चरणमा ७५ प्रतिशत कर्मचारीसहित सरकारी कार्यालय खोल्ने र तेस्रोमा गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्था खोल्ने तयारी गरिएको छ ।

मन्त्रिपरिषद् बैठकको निर्णयपछि पसलहरू सञ्चालनमा आइसकेका छन् भने जोरबिजोर प्रणालीमा निजी सवारीसाधन पनि गुड्न थालेका छन् ।