कर्णाली प्रदेशमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ – कर्णाली प्रदेशमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखाले एक विज्ञप्ति जारी गरी कर्णाली प्रदेशमा आज थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

सुर्खेत अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरेको परीक्षणमा ५० जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दुई जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

नयाँ थपिएका संक्रमितमध्ये ३७ जना दैलेख र १५ जना सुर्खेत का हुन् । योसँगै कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या ९६७ पुगेको छ ।