कोरोना संक्रमित १५६७ पुगे, ४ महिने बालक पनि संक्रमित

काठमाडौँ –४ महिने बालिकासहित आइतबार एकैदिन १६६ जना कोरोना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार आइतबार थप १६६ जनामा संक्रमण देखिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५६७ पुगेको छ । हालसम्म २२० जना निको भएर घर फर्किएका छन् । डा देवकोटाका नयाँ संक्रमित मध्य १ सय ६२ जना पुरुष र ४ जना महिला रहेका छन् ।

डा देवकोटाका अनुसार हालसम्म पीसीआर विधिबाट ६९ हजार ५ सय ८२ जनाको कोरोना परीक्षण भएको छ गत २४ घण्टामा २ हजार ८ सय ५३ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको छ । यस्तै देशभरका क्वारेन्टाइनमा १ लाख १९ हजार १ सय ९२ जना रहेका छन् ।

प्रवक्ता डा देवकोटाका अनुसार पछिल्लो पटक १ जना थप डिस्चार भएका छन् । यो सँगै २२० जना पुगेका छन् । जसमध्य ४८ मिहला अन्य पुरुष रहेका छन् ।