कोरोनाबाट थप २ जनाको मृत्यु

काठमाडौँ – कोरोनाबाट २ वर्षिया बालिकासहित २ जनाको मुत्यु भएको छ । पछिल्लो २४ घन्टामा २ जनाले कोरोनाका कारण ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पुष्टि गरे ।

शनिबार राति दैलेखको दुल्लु नगरपालिकामा रहेको क्वारेन्टिनमा मृत्यु भएका युवकको कोरोना पोजेटिभ देखिएको थियो भने आइतबार बिहान बाजुरा जिल्ला अस्पतालमा ज्यान गुमाएकी दुई वर्षकी बालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ पुगेको छ।