खुल्लापाटी खुल्ला बहस : वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरेसँग विहीबार बहस हुने

काठमाडौँ – खुल्लापाटी डट कमको खुल्ला बहस श्रृङखला अन्तर्गत विहीबार वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरेसँग बहस हुँदैछ ।

नेपाली सिने जगतमा दर्जनौँ सुपरहिट चलचित्र दिन सफल वरिष्ठ कलाकार एवं निर्देशक घिमिरेसँग कोरोना, आगामी दिनमा चलचित्र क्षेत्रको भविष्य लगायतबारे बहस हुन लागेको हो । नेपाली सिने क्षेत्रका धरोहर घिमिरेका कुसुमे रुमाल, लाहुरे, चिनो, देउता, दक्षिणा, बलिदान,  दुई थोपा आँशु, दर्पण छायाँ लगायतका दर्जनौँ चलचित्र सुपरडुपर  हिट मात्र भएका छैनन् नेपाली सिने जगतमा अमिट छाप छाड्न सफल भएका छन् ।

आजको दिनमा पनि उनले निर्देशन गरेका चलचित्रका कथावस्तु, निर्देशकीय कला लगायतको सिने क्षेत्रले मुक्तकण्ठले प्रशंसा गर्ने गरेको छ । नेपाली सिने उद्योगको विकासका लागि सतिशालझैँ उभिएका घिमिरे कुशल अभिनेता, निर्माता पनि हुन् । चलचित्रका लागि आवश्यक सबै बहुआयामिक पक्षमा दख्खल प्रमाणित गर्नु उनको अर्को खुबी हो । घिमिरे पटकथा लेखक, चलचित्र सम्पादक, क्यामेरामेन, गीतकार, संगीतकार पनि हुन् ।

घिमिरे पछिल्ला दिनमा नालापानी डकुमेन्ट्री निर्माणमा केन्द्रित छन् । सिने क्षेत्रमा दर्जनौँ कलाकार जन्माएका घिमिरेसँग दिउँसो १ः०० बजे बहस हुन लागेको हो ।

खुल्लापाटीको पेजमार्फत बहस लाइभ हुने भएकाले श्रृङखला प्रत्यक्ष हेर्न चाहनेले खुल्लापाटी डटकमको पेज लाइक गरी हेर्न सक्नुहुनेछ । कार्यक्रम हेर्न र पेज लाइक गर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।

https://www.facebook.com/Khullapati-1529576157367337/