एकैदिन ११४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित ८८६ पुगे

काठमाडौँ – नेपालमा बुधबार थप ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८८६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्म कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित ८८६ पुगेको जानकारी दिए ।

संक्रमितहरूमा रौतहटमा ३५, बाग्लुङमा ६, मकवानपुरमा १, झापामा १७, बारामा ८, सप्तरीमा ११, दाङमा १५, सुर्खेतमा १५, बाँकेमा १६, सिरहामा २ र रूकुमपूर्वमा ३ जना रहेका छन् ।

नेपालका संक्रमितमध्ये ६९९ जनाको उपचार भइरहेको र १८३ जना निको भएको उनले बताए। कोरोना संक्रमित मध्ये ४ जनाको मृत्यु भैसकेको छ ।