मौसमी राष्ट्रवादको सपना नक्सा होइन, बन्ने हो जङ्गबहादुर ?

नेपाल सरकारले अतिक्रमित भुमीसहितको वास्तविक नक्शा सार्बजनिक गरेपछी अब स्थिति थप पेचिलो बन्ने छ। नेपाल सरकारले अब चाहेर पनि चुप लागेर बिगत जस्तो गम खाएर बस्न पाउने छैन ।

नागरिक समाज,सचेत युवा बर्ग अनि हामी देशलाई माया गर्ने सन्चारकर्मी निमेसभर पनि सरकारलाई सुस्ताउन या बिगतजस्तै टालाटुली बाटुली खेल्न दिने छैनौँ । अजिङ्गर जस्तो भारत निलेको आहारा ओकल्न सजिलै मान्ने छैन । त्यस्तो बेला कतिपय स्वनामधन्य बिद्ध्वान भारतसङ्ग लडाई परे लड्नु पर्छ पनि भन्छन् ।

त्यो उधोमति र अठारौं सताब्दीको मतिले हाम्रो जमिन माथी गिद्दे पन्जा गाडेको बाजले छाड्दैन । त्यतिबेला नेपाल सरकार सम्पुर्ण प्रमाणसहित बार्ता,सम्बादमा बस्नु पर्छ । बार्ता र सम्बादमा कम्तिमा पनि छोरालाई छात्रवृत्ति मागेका,चुनाब खर्च बुझेका या जहाजभाडामै चित्त बुझाएका रास्ट्रघातीहरुलाई सरिक गराउन हुँदैन ।

बिगतमा फर्जी नक्सामा नासो साटेकालाई पनि परै राख्नुपर्छ । नदी,पानी,जङ्गे पिलर र मुलुकको अखण्डतासङ्ग मन्त्री पद जुवाको खालमा राखेकाबाट पनि यो काम सम्भव छैन । बार्ताका दौरान भारतले बडे भाइको प्यार देखाउने छ, त्यतिबेला फसियो भने बार्ता कुर्सी र पिर्कामा पुग्ने छ । अहिलेसम्म भएको पनि यहि हो ।

छिमेकी पिराहा भारत नेपालसङ्ग लड्न आउने छैन,बिस्वमा बुद्ध र गान्धीबादी छवि बनाएर सुरक्षा परिषदमा पाए ढोका नभए झ्यालबाट पस्न तुल्लिएकाले पनि कृत्रिम हाँसोसहित बार्तामा बस्ने छ ।बिगतमा जस्तो नाका थुन्ने गल्ती पनि उसले गर्ने छैन,नत्र घरभित्रै टोकसो सहनु पर्नेछ ।तर उत्तरको छिमेकी पनि सोचेजस्तो सोझो छैन,ब्यापारमा जे नि जायज देख्छ, बनिया हो ।

हो, त्यतिबेला नेपालका तर्फबाट जन्मदिने आमा सम्झेर बार्ता गर्ने रास्ट्रभक्त चाहिन्छ । बाङ्लादेशलाई ४० बर्ष झुलाएको झेली हो भारत । जित्न रुन र हाँस्न सक्ने कलाकार हुन मोदी ।

दीपक्षीय बार्ताबाट सम्भव नभए अन्तरास्ट्रियकरण गरेर पनि आफ्नो भुमी फिर्ता ल्याउनै पर्छ । पौने तीन करोड नेपालीको अन्तस्करणको आवाज सुनेर बर्तमान सरकारले कालापानी,नालापानी,लिम्पियाधुरामा नेपाली रक्तरन्जित झण्डा गाड्न जरुरी छ । कुटी,नाबी र गर्बाङका नागरिकलाई नेपाली हुनुको गर्बबोध गराउनु छ ।

सजिलो छैन तर असम्भव पनि छैन । मौसमी रास्ट्रबादको सपना नक्सा होइन भने बिगतमा लत्पतिएको छवि सुधारेर इतिहास लेख्ने मन भए प्रधानमन्त्री ओली आँट गर्नुस्,अहिले सम्मका सबै खत माफ हुनेछ ।

तपाईका सहकर्मी राधाकृष्ण मैनाली तपाईलाई मृत्यु पर्यन्त प्रधानमन्त्री बन्नुछ भन्छन् – जनताले नै बनाइ राख्नेछन् ।आगे तपाइँको मर्जी ।।