लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय

काठमाडौँ – सरकारले लकडाउन जेठ २० गतेसम्म बढाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन थप १५ दिन बढाउने निर्णय गरेको हो । यसअघि कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन कायम राख्नुपर्ने भन्दै थप्न सिफारिस गरेको थियो ।

समितिको सिफारिस अनुसार मन्त्रिपरिषद बैठकले लकडाउन जेठ २० सम्म लम्ब्याउने निर्णय गरेको हो । यसअघि कायम गरिएको लकडाउनको अवधि सोमबार मध्यरात सकिँदै थियो ।

मन्त्रिपरिषद् बैठकले सुरक्षा व्यवस्था अझै कडा बनाउने र आपूर्ति व्यवस्थामा प्रभावकारी गर्ने निर्णय गरेको छ । नेपालमा कोरोनाका कारण हालसम्म २९५ जना संक्रमित भैसकेका छन भने दुई जनाको मृत्यु भएको छ ।