नेपालमा कोरोना : २२ जिल्ला प्रभावित, संक्रमित २५८ पुगे

काठमाडौँ – नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या २५८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विहान विज्ञप्ति जारी गर्दै थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका ८ जना र मकवानपुरका एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनीहरु सबै पुरुष हुन् ।

यसअघि हिजो ८जनामा कोरोना भाइरस रोगको पुष्टि भएको थियो । मन्त्रालयका अनुसार हालसम्म नेपालमा २२ जिल्ला कोरोना प्रभावित हुन पुगेको छ ।