उच्चस्तरीय समन्वय समितिको बैठक आज बस्दै, उपत्यकाका कार्यालय बन्द गरिने

काठमाडौँ – काठमाडौँ उपत्यकाका सबै कार्यालय १५ दिन बन्द गरिने भएको छ । काठमाडौँ उपत्यका अन्तर्गतको काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठकले अत्यावश्यक सेवाबाहेक सबै कार्यालय १५ दिन बन्द गर्ने निर्णय गरेको हो ।

तीन वटा जिल्ला प्रशासन कार्यालयले संयुक्त रूपमा गरेको निर्णय अनुमोदनका लागि आज बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बस्दैछ ।