कोरोनाका कारण हालसम्म संख्या २ लाख ५२ हजार बढीले गुमाए ज्यान

काठमाडौँ – कोरोना भाइरस (कोभिड १९) का कारण हालसम्म विश्वमा ज्यान गुमाउनेको संख्या २ लाख ५२ हजार ३६६ पुगेको छ । कोरोना भाइरसबारे नियमित अपडेड गराइरहेको वल्डोमिटर इन्फोका अनुसार ३६ लाख ४४ हजार बढी संक्रमित भएका छन् ।

जसमा ११ लाख ४४ हजार उपचारपछि निको भएका छन् । विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको यो भाइरसबाट झण्डै ५० हजार गम्भीर विरामी छन् ।

नेपालमा पनि ७५ जनामा कोरोना संक्रमण देखिइसकेको छ । जसमा उपचारपछि १६ जना निको भएका छन् ।