विद्यार्थी भर्ना र अनलाइन कक्षाको शुल्क नलिन निर्देशन

काठमाडौँ – शिक्षा मन्त्रालयले विद्यार्थी भर्नाको सम्बन्धमा कुनै पनि निर्णय नभएको स्पष्ट पार्दै अनलाइन वा भर्ना नगर्न निजी विद्यालयलाई सचेत गराएको छ । शिक्षा मन्त्री गिरीराजमणि पोखरेलले मन्त्रीस्तरीय गरेको निर्णयको बारे जानकारी दिँदै मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्माले भर्नाको सम्बन्धमा कुनै निर्णय नभएको स्पष्ट पार्दै तत्काल कुनै पनि तहमा विद्यार्थी भर्ना नगर्न नगराउन निर्देशन दिएको जानकारी दिए ।

साथै, अनलाइन कक्षा सञ्चालन गरेवापत्को शुल्क लिन वा बैंकमार्फत डिपोजिट नगराउन पनि मन्त्रालयले  निर्देश गरेको छ । मन्त्रालयले निजी विद्यालयलाई एक महिनाको शुल्क छुट गराएको जानकारी स्थानीय तहलाई दिन पनि सूचित गराएको छ । हेर्नुहोस् मन्त्रालयको विज्ञप्ति :