कोरोना प्रभाव बढ्दै जाँदा विदेशमा नेपाली विद्यार्थीको अवस्था के छ ? (भिडियोसहित)

काठमाडौँ – खुल्लापाटी डट कमले हरेक दिन आयोजना गर्ने गरेको खुल्लापाटी खुल्ला शैक्षिक बहस अन्तर्गत आज विदेशमा रहेका नेपाली विद्यार्थीहरुको अवस्थाबारे बहस भयो । बहसमा अमेरीकाबाट पत्रकार अमित अधिकारी, अष्ट्रेलियाबाट पत्रकार सरल गुरुङ र बंगलादेशमा मेडिकल साइन्स अध्ययनको अन्तिम चरणमा पुगेका विद्यार्थी सरोज शाह सहभागी र नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष प्रकाश पाण्डे सहभागी भए ।

पत्रकार गुरुङ र अधिकारीले अमेरीका र अष्ट्रेलियामा रहेका विद्यार्थीहरुको अवस्थाबारे जानकारी गराएका थिए भने विद्यार्थी शाहले बंगलादेशमा आफूहरुले घर फर्कन चाहँदा नपाएको गुनासोसहित घर आउने वातावरण बनाईदिन आग्रह गरेका थिए । त्यस्तै नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष पाण्डेले विदेशमा कन्सल्टेन्सीहरुले पढ्न पठाएका कारण नीतिगत जिम्मेवारीसहित विभिन्न देशका विद्यार्थीलाई सहयोग समन्वयका लागि गरिएको पहल र भैरहेको सहयोगबारे जानकारी दिए ।

खुल्लापाटी डट कमको खुल्ला शैक्षिक बहस वक्ताहरु :नेपाल शैक्षिक परामर्श संघ अध्यक्ष प्रकाश पाण्डेअमेरीकाबाट पत्रकार अमित अधिकारीअष्ट्रेलियाबाट पत्रकार सरल गुरुङ बंगलादेशमा मेडिकल साइन्स अध्ययनको अन्तिम चरणमा पुगेका विद्यार्थी सरोज शाह ।

Gepostet von Khullapati am Montag, 4. Mai 2020

खुल्लापाटीले लकडाउनको समयमा घरमैँ रहनुभएका अभिभावक, बालबालिका, शैक्षिक, खेलकुद क्षेत्रका सरोकारवालाहरुलाई विभिन्न क्षेत्रका विषयगत विज्ञमार्फत जानकारी गराउने उद्देश्यले खुल्ला बहस सञ्चालन गर्ने गरेको छ । खुल्लापाटीको पेजमार्फत बहस लाइभ हुने भएकाले श्रृङखला प्रत्यक्ष हेर्न चाहनेले खुल्लापाटी डटकमको पेज लाइक गरी हेर्न सक्नुहुनेछ । खुल्लापाटीका हरेक दिनका कार्यक्रम हेर्न र पेज लाइक गर्न यहाँ क्लिक गर्नुहोस् ।