काठमाडौँ उपत्यकामा थपिए हालसम्मकै धेरै संक्रमित

काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौमा ७४७, ललितपुरमा ११४ र भक्तपुरमा ७३ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै कोरोना संक्रमणबाट उपत्यकामा थप ३ जनाको मृत्यु भएको छ । संक्रमणबाट काठमाडौका एक महिला र दुइ पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।