नेपालगञ्जमा तीन दिन कर्फ्यु

बाँके- कोरोना संक्रमणको अवस्था जटिल हुने आँकलनसहित जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्ज उपमहानगरपालिका भित्र तीन कर्फ्यु आदेश जारी गरेको छ ।

लकडाउन थप प्रभावकारी बनाउने भन्दै जिप्रका बाँकेले नेपालगन्ज उपमहानगरपालिकामा तीन दिन पूर्ण निषेधित क्षेत्र घोषणा गर्दै कर्फ्यू जारी गरेको हो । जिल्ला प्रशासन कार्यालय बाँकेले सर्वदलीय र सर्वपक्षीय बैठक गरेर मंगलबार बिहान ११ बजेदेखि लागु हुने गरी नेपालगन्ज उपमहानगरपालिकामा बिहीबार मध्यरातसम्मका कर्फ्यु आदेश गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए ।

मंगलबार बिहान ११ बजेदेखि औषधि पसलबाहेकका सम्पूर्ण पसल ब्यबसाय बन्द रहनेछन् । घरबाट बाहिर निस्कन पूर्ण निषेध गरिएको छ ।