अब पाठ्यक्रम र परीक्षा पद्धति बदल्ने बेला आयो : महाश्रम शर्मा (भिडियोसहित)

काठमाडौँ – पूर्व सचिव महाश्रम शर्माले अब पाठ्यक्रम र परीक्षा पद्धति बदल्नुपर्ने बेला आएको बताएका छन् । खुल्लापाटी डट कमको खुल्ला बहसमा भाग लिँदै शर्माले बालबालिकाको सिकाईपद्धतिमा पनि परिवर्तन गरी अब नयाँ सोच योजना बनाएर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

अनलाइन लगायतका कक्षामा सबैतिर पहुँचका हिसबले सम्भव नभएकाले बालबालिकालाई सिक्ने वातावरणसम्म सहभागी गराउनुपर्ने यसको कार्ययोजना स्थानीय तहले गरेर अघि बढ्नुपर्ने उनको सुझाव छ । उनले कोभिड–१९ का कारण हाम्रो परम्परागत शिक्षण पद्धति भन्दा व्यावसायिक, व्यवहारिक शिक्षामा जोड दिनुपर्ने उनले बताए । शर्मासँगको विस्तृत कुराकानी तलको भिडियोमार्फत हेर्न सकिन्छ :

खुल्लापाटी डट कमको खुल्ला बहस

खुल्लापाटी डट कमको खुल्ला बहस पूर्व पूर्व शिक्षा सचिव महाश्रम शर्मासँग छलफल । विषयः परीक्षा र शैक्षिक सत्र

Gepostet von Khullapati am Mittwoch, 29. April 2020