घरमैँ पनि सिर्जनात्मक काममा रमाऔँ : रविन कट्वाल मनोविश्लेषक (भिडियोसहित)

काठमाडौँ । कोरोना भाइरसका कारण बालबालिका घरमैँ रहन बाध्य भएपछि मनोविश्लेषक रविन कट्वालले बालबालिकालाई घरमैँ सिर्जनात्मक काममा रमाउन आग्रह गरेका छन् । खुल्लापाटी डट कमको खुल्ला बहसमा भाग लिँदै कट्वालले विश्वभर महामारीको रुपमा कोरोना फैलिएकाले अहिले तनाव, चिन्ता भन्दा सिर्जनात्मक कार्यक्रममा जोड दिनुपर्ने बताए ।

उनले भने –‘अभिभावक, विद्यार्थी भाइबहिनीलाई मेरो आग्रह छ यतिबेला घरकै सिर्जनात्मक कार्यमा रमाऔँ । टिभी मोबाइलमा बढी समय व्यतित गर्नुभन्दा अध्ययनमैँ जोड दिऔँ ।’ ओखलढुंगामा रहनुभएका कटवालसँग खुल्लापाटीले गरेको भिडियो संवादमा उनले विद्यार्थी तथा अभिभावकलाई केही महत्वपूर्ण टिप्स पनि दिएका छन् । कटवालसँगको कुराकानी तलको भिडियोमार्फत हेर्न सकिन्छ :

खुल्लापाटी डट कमको खुल्ला बहस

खुल्लापाटी डट कमको खुल्ला बहस Mr.Rabin Katwal Child Psychologist/ Motivational Speaker

Gepostet von Khullapati am Donnerstag, 30. April 2020