लकडाउन वैशाख २५ सम्म

काठमाडौँ । सरकारले लकडाउनको समय वैशाख २५ गतेसम्म जारि राख्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख २५ गतेसम्म लकडाउन कायम गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सुचना तथा सञ्चार प्रविधि मन्त्री एवं अर्थमन्त्री डा.युवराज खतिवडाले जानकारी दिए ।

कोरोना भाइरसबाट हुने संक्रमणको जोखिम अझै कायम रहेकाले लकडाउनको अवधि १० दिन थप गरेर वैशाख २५ गतेसम्म कायम गर्ने निर्णय गरेको छ । सोमबार मध्यरातिदेखि लकडाउनको समयावधि सकिँदै गर्दा सरकारले लकडाउनको समय थप गर्ने घोषणा गरेको हो । चैत ११ गतेदेखि शुरु भएको लक डाउन यस अघि चार पटक थपगरि सकेको छ ।

यो अवधिमा पनि संक्रमितको संख्या नेपालमा बढेकाले वैशाख ३ गतेसम्मको लागि तेश्रो पटक लक डाउनको अवधि बढाइएको थियो । त्यसैगरी वैशाख १५ सम्म चौथो र यो पाँचौपटक लकडाउन थपिएको हो । आइतबार नेपालमा थप दुई जनालाई संक्रमणभएर संक्रमित संख्या ५२ जना पुगेको छ भने १६ जना पूर्ण रुपमा निको भएर डिस्चार्ज भएका छन् ।