नारायणी अस्पतालमा मृत्यु भएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि

काठमाडौँ – वीरगन्जस्थित नारायणी अस्पतालको गण्डक कोरोना विशेष अस्पतालमा आज बिहान मृत्यु भएका ६५ वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगरमा बसोवास गर्दै आएका ६५ वर्षका वृद्धको नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालमा आईतबार बिहान मृत्यु भएको र आईतबार साँझ आएको पिसिआर रिर्पोटमा कोरोना संक्रमण देखिएको डा. निरजकुमार सिंहले जानकारी दिनुभयो ।

मृत्यु भएका वृद्ध भारतीय नागरिक हुन् । वृद्धको शवलाई अस्पतालमा नै रहेको र त्यसको व्यवस्थापन नेपाली सेनाले गर्ने नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालका कोर्डिनेटर डा. उदयनारायण सिंहले बताउनुभयो ।