खुल्लापाटीको खुल्ला बहस : अनलाइन शिक्षा सम्भाव्यता र प्रयोगबारे सूचना प्रविधि विज्ञ उत्तम कार्कीसँग बहस हुने

काठमाडौँ – खुल्लापाटी डटकमले हरेक दिन आयोजना गर्ने खुल्ला बहस श्रृङखला अन्तर्गत आइतबारको बहसमा शिक्षालयहरुमा अनलाइन शिक्षाबारे बहस हुने भएको छ । बहसमा सूचना प्रविधि विज्ञ उत्तम काकीले भाग लिनुहुने भएको छ ।

त्रिभुवन विश्वविद्यालय, काठमाडौँ युनिभर्सिटी र पोखरा विश्व विद्यालयका कलेजहरुमा प्राध्यापनरत कार्की बैंकिङ प्रविधिका पनि विज्ञ मानिन्छन् । कार्कीका सूचना प्रविधिसँग सम्बन्धित विभिन्न पुस्तकहरु पनि प्रकाशित छन् ।

खुल्लापाटीले लकडाउनको समयमा घरमैँ रहनुभएका अभिभावक, बालबालिका, शैक्षिक, खेलकुद क्षेत्रका सरोकारवालाहरुलाई विभिन्न क्षेत्रका विषयगत विज्ञमार्फत जानकारी गराउने उद्देश्यले खुल्ला बहस सञ्चालन गर्ने गरेको छ । श्रृङखला दिउँसो एक बजेबाट खुल्लापाटीको पेजमार्फत लाइभ हुने भएकाले श्रृङखला प्रत्यक्ष हेर्न चाहनेले खुल्लापाटी डटकमको पेज लाइक गरी हेर्न सक्नुहुनेछ । कार्यक्रम हेर्न र पेज लाइक गर्न यहाँ क्लिक गर्नुहोस्

https://www.facebook.com/Khullapati-1529576157367337/